मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि, समाजिक संजालमा भद्दा कमेण्ट
संघीय राजधानी समेत रहेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।
मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् ।
मेयर शाक्यको सचिवालयका अनुसार उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए ।
तर, उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन । यता छडा भनिएका समाजिक संजालमा भने केहि नैतिकहिन, अपराधी स्तरका युजरहरुले निकै भद्दा कमेण्ट गरेका छन् ।
समाजमा कोही होम आइसोलेशनमा बसिए नाराजुलुस गर्नसम्म अग्रससर देखिने समाजिक अपाररधीहरुले निकै नै निच स्तरका कमेण्टहरु लेखेका देखिएका छन् ।