Logo
२८ पुस २०८१, आईतबार
(August 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओमप्रकाश मेहता बने ‘देवानगञ्ज पब्लिक स्पिकर’ DPS विजेता, दशरथ दोस्रो र विकाश तेस्रो

प्रदेश नम्बर १ स्थित सुनसरीको देवानगञ्जमा आयोजित “देवानगञ्ज पब्लिक स्पिकर” DPS को विजेताको रुपमा ओमप्रकाश मेहता घोषित भएका छन् । उक्त प्रतिष्पर्धार्को क्रमस दोस्रो र तेस्रो विजेता भने दशरथ मेहता र विकाश ठाकुर भएका छन् ।

४० जना प्रतिष्पर्धीहरुबाट क्रमस ओमप्रकाश, दशरथ र विकाश पहिलो दोस्रो र तेस्रो घोषित भएका हुन् । देवानगञ्ज स्थित जनसाझा उत्थान केन्द्रद्वारा आयोजित उक्त प्रतिष्पर्धाको आइतबार फिनाले राउण्ड सम्पन्न भएको हो ।

नागरिक टाइम्स वेब च्यानलबाट लाईभ प्रशारण गरिएको उक्त फिनाले राउण्डमा पालिका अध्यक्ष लाली प्रसाद मेहता, तत्कालिन उनका प्रतिद्वन्दी तथा हाल काग्रेस क्षेत्रिय सभापति श्यामलाम मेहता, जसपा नेता वेचना मेहता, नागरिक सिभिल मिडिया तथा रिसर्च सेण्टरका अध्यक्ष तथा नागरिक टाइम्सका सम्पादक वीरेन्द्र केएमले पनि आफ्ना मन्तब्य राखेका थिए ।

भच्र्युवल माध्यमबाट आयोजित उक्त कार्यक्रममा अथितीहरुले अहिलेको यो अवस्थामा यस्तो कार्यक्रमको आयोजना गरेर सिंगो पालिकाकै इज्जत बढेको बताए । कार्यक्रममा पालिका वडाअध्यक्षहरु क्रमस अनिल भगत, अशोक यादव, सुर्यनारायण पाल, मजलुम अन्सारी तथा इनरुवा स्थित पालिकाका लेखा अधिकृत अशोक मेहता लगायतले आफ्ना मन्तब्य राखेका थिए ।

निषेधाज्ञाको अवस्थामा गरिएको उक्त कार्यक्रमको समाजका युवा पुस्तामा निकै आकर्षण बढाएकोले निकट भविष्यमै यसको दोस्रो संस्करण पनि गर्ने योजनामा हामि आयोजक संस्था रहेको उत्थान केन्द्रका अध्यक्ष नरेश मेहताले बताए ।

प्रतिष्पर्धाकोे निर्णयक मण्डलको रुपमा चान्दबाबु इराकी, मनिष मेहता र वीरेन्द्र केएम रहेका थिए । उक्त कार्यक्रममा सहभागी भई विजेता हुँदासम्ममा पुरै समाजमा आफ्नो नयाँ परिचय स्थापित भएको DPS विजेता ओमप्रकाशले बताए ।

लाइभ प्रशारण वापत गरिएको उक्त फिनाले राउण्डले देशविदेशमा रहेका देवानगञ्जवासीमा समेत निकै उत्साह बढाएको कार्यक्रमका प्रस्तोता रोशन मेहताले बताए ।

बिभिन्न कमेण्ट तथा पोष्ट मार्फत विश्वभरमा रहेका देवानगञ्जवासी खुशी ब्यक्त गरेको रोशनको भनाई रहेको छ ।

हेर्नुस् भिडियो : फिनाले राउण्ड 

सेमिफाइनल राउण्ड

उद्घाटन सत्र

प्रकाशित मिति: Aug 31, 2020

प्रतिक्रिया दिनुहोस्