Logo
१७ कार्तिक २०८१, शनिबार
(August 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमित पुरुषको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत थप ७८ वर्षीय कोरोना संक्रमित पुरुषको आज मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका- ६ का ७८ वर्षीय  पुरुषको आज बिहान ७ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनको कोभिड सघन कक्ष (आईसीयू) मा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । अस्पतालका कोभिड १९ क्लिनिकल संयोजक प्रमोद पौडेलका अनुसार उनी भदौ ६ गते उपचारका लागि भरतपुर अस्पताल आएका थिए ।

तर उनको भदौ २ गते नै कोरोना पुष्टि भएको थियो । ती पुरुष उच्च रक्तचापलगायत अन्य रोगबाट समेत ग्रसित भएको पौडेलले जानकारी दिए ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुने चितवनका मात्रै ६ जना पुगेका छन् ।

प्रकाशित मिति: Aug 31, 2020

प्रतिक्रिया दिनुहोस्