Logo
१८ पुस २०८१, बिहीबार
(August 31, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेसियामा सन् २०२० को अन्त्यसम्म पर्यटक प्रवेशमा प्रतिबन्ध

मलेसियाले विदेशी पर्यटकको प्रवेशमा सन् २०२० को अन्तिमसम्म प्रतिबन्ध लम्ब्याएको छ।

मलेसियाले कोरोना सङ्क्रमण रोकथामका लागि लगाइएको आवागमन प्रतिबन्ध पनि लम्ब्याउँदै पर्यटकको प्रवेशमा पनि निषेध लगाएको हो ।

कोरोना महामारी फैलिएको देशबाट आउने पर्यटकको प्रवेशमा सन् २०२० को अन्तिमसम्म प्रतिबन्ध लम्ब्याएको द एशोसियटेड प्रेसले खबर लेखेको छ ।

मलेसियाका प्रधानमन्त्री मुहीद्धिन यासिनले एक विश्वभरी नै कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढिरहेकाले अन्तरदेशीय आवतजावतमा निषेध गरिएको बताए ।

व्यापार र स्कुलहरु खुलेका छन् । दैनिक क्रियाकलापमा प्रतिबन्धभन्दा पनि नाइटक्लब र मनोरञ्जन केन्द्रहरु र अन्तर्राष्ट्रिय खेलहरुमा भने मलेसियाले प्रतिबन्ध लगाएको छ ।

मलेसियामा पनि विस्तारै सङ्क्रमण बढिरहेकाले थप सतर्कता अपनाउनुपर्ने बताएका छन् ।तर सावधानीका साथ मलेसियामा आर्थिक गतिविधि भने सञ्चालन भइरहेको छ ।

मलेसियाले कोरोनाबाट बच्न सीमाहरु पनि बन्द गरेको छ भने प्रवेश गर्नेहरुलाई क्वरेण्टीनमा बस्नुपर्ने व्यवस्था अनिवार्य गरेको छ ।

साथै कोरोनाबाट बच्न मास्क अनिवार्य लगाउनुपर्ने, दूरी कायम गर्नुपर्ने, सेनिटाइजर लगाउनु पर्ने लगायतका नियमहरु कडाईका साथ कार्यान्वयन गरेको छ ।

मलेसियामा अहिलेसम्म ९ हजार ३३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने ९ हजार ४८ जना निको भएका छन् ।

मलेसियामा अहिलेसम्म १२६ जनाको कोरोनाको कारण मृत्यु भएको छ । अहिले १६० जना अस्पतालमा उपचार गराइरहेका छन ।

अहिलेसम्म मलेसियामा कार्यरत ८१ जना नेपाली कोरोना सङ्क्रमित भएको र उनीहरु सबैजना निको भएको जनाइएको छ ।

प्रकाशित मिति: Aug 31, 2020

प्रतिक्रिया दिनुहोस्