कुवेतले विदेशी नागरिकको भिसाको अवधि थप तीन महिना बढायो
कुवेतले कोरोनाका कारण विदेशी नागरिकको थप तीन महिना भिसा अवधि थपेको छ ।
कुवेतले कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिका कारण नेपालीसहित विदेशी नागरिकको भिसा थप तीन महिना थपेको हो । .
कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिका कारण नेपालीसहित विदेशी नागरिकको भिसा थप तीन महिना बढाउँदै नोभेम्बर ३० सम्म पुर्याएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।
अब कुवेतको भिसा नोभेम्बर ३० सम्म स्वतः नवीकरण हुनेछ ।कुवेतले यसअघि थप गरेको भिसाको अवधि यही अगष्ट ३१ अर्थात आजदेखि सकिंदैछ ।
तर अझै पनि कोरोनाको कारण चार्टर्ड बाहेक अन्तर्राष्ट्रिय उडानहरु सञ्चालनमा नआएको र पहिले थपेको तीन महिनाको भिसाको समय पनि सकिने भएकोले फेरि तीन महिना भिसाको म्याद थप गरिएको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।