भदौ मसान्तदेखि लामो र छोटो दूरीका सवारी साधन चलाउने सरकारको निर्णय
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लामो तथा छोटो दूरीका सवारी साधन भदौ मसान्तदेखि चलाउने निर्णय गरेको छ ।
यसअघि सरकारले भदौ १६ गतेदेखि लामो तथा छोटो दुरीका सवारीसाधन चलाउने निर्णय गरेको थियो। यसअघि भदौ १५ अर्थात आजदेखि हवाई उडान खोल्ने तयारी सरकारले गरेको थियो ।
कोरोना सङ्क्रमण झन बढ्दै गएपछि मसान्तसम्म उडान स्थगित गर्ने निर्णय भएको सरकारले जनाएको छ ।
साउन ६ गते अन्त्य भएको लकडाउनपछि काठमाडौंसहित देशभर कोरोना संक्रमित बढेपछि सरकारले लामो दुरीका सवारी साधन सन्चालन भदौ १५ गतेसम्म रोक लगाएको थियो।
भदौको पहिलो सातादेखि काठमाडौं उपत्यकामा छोटो दुरीका सवारी साधन सन्चानलमा समेत रोक लगाएर पुर्णरुपमा निषेधाज्ञा लागु गरिएको छ।
सरकारले शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान भने बुधबारदेखि सुरु गर्दै छ, सिमित देशमा सिमित उडान संख्यासहित।
मन्त्रि परिषद्को आइतबारको बैठकले हङकङमा उदयबहादुर रानामगर, ल्हासामा नवराज ढकाललाई महावाणिज्य दूत नियुक्त पनि गरेको छ।