चितवन मेडिकल कलेजमा उपचाररत ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
बाग्मती प्रदेश स्थित चितवनको चितवन मेडिकल कलेज भरतपुरमा एक ५२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका वडा नं- १० निवासी ५२ वर्षका पुरुषको उपचारको क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएको हो ।
भदौ ४ गते अस्पतालमा भर्ना भएका उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निमोनियाका बिरामी थिए ।
संक्रमण बढ्दै गएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको आइतबार मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
चितवनमा मृत्यु हुने कोरोना संक्रमितको संख्या योसहित ११ पुगेको छ । जसमा चितवनका ५ जना, मकवानपुरका ३, गोरखा र कैलाली र बारा निजगढका एकर एक जना छन् ।
अस्पतालमा अहिले ५ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।