Logo
१३ मंसिर २०८१, बिहीबार
(August 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा एकैदिनमा अहिलेसम्मकै उच्च करिब ७९ हजार कोरोना सङ्क्रमित भेटिए

छिमेकी देश भारतमा एकैदिनमा अहिलेसम्मकै अत्यधिक करिब ७९ हजार व्यक्तिमा कोभिड(१९ सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ हजार ७६१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको छ ।

मन्त्रालयले आइतबार विहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार योसँगै भारतका कुल सङ्क्रमितहरुको सङ्ख्या ३५ लाख ५० हजारको नजिक पुगेको छ ।

पछिल्लो एक दिनको विवरणमा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या ९४८ रहेको उल्लेख गरिएको छ ।

भारतमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये सात लाख ६५ हजार ३०२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

कूल सङ्क्रमित मध्ये २७ लाख १३ हजार ९३४ जना भने सङ्क्रमणमुक्त भइसकेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

भारतमा कोरोनाका कारण अहिलेसम्म ६३ हजार ४९८ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।

कोरोनाभाइरसबाट विश्वमै धेरै प्रभावित देशहरुको सूचीमा रहेको भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ ।

महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ८५ हजार ४६७ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसपछि धेरै आन्द्र प्रदेश, दिल्ली प्रदेश र कर्नाटक प्रदेश क्रमशः रहेका छन् ।

प्रकाशित मिति: Aug 30, 2020

प्रतिक्रिया दिनुहोस्