वीरगञ्जमा रौतहटका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु
वीरगञ्जको कोभिड अस्पतालमा उपचाररत रौतहटका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
रौतहटको राजपुर तुलसी निवासी ४० वर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए।
संक्रमित पुरुषको उपचारका क्रममा आइतबार बिहान ७ बजेर ४० मिनेटमा ज्यान गएको चौरसियाले बताए। गत भदौ १२ गते उपचारको लागि अस्पतालमा भर्ना भएका ती पुरुष मधुमेह रोगले पहिले देखि नै ग्रसित थिए।
यस्तै उनमा पछिल्लो समय निमोनियासमेत देखिएको थियो।