सप्तरीमा ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
प्रदेश नं २ सप्तरीमा थप एक जना ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
सप्तरीको राजविराज नगरपालिका वडा नम्बर-२ तेतरीगाछी निवासी ६५ वर्षीया महिलाको मृत्यु भएको हो ।
बिरामी भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको स्वाबको रिपोर्ट शनिबार साँझ कोरोना पोजेटिभ आएको थियो ।
तर शनिबार राति ८ बजेतिर उपचारकै क्रममा सास फेर्न गाह्रो भएपछि ती महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।
धरानतर्फ लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए ।
योसँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।