जर्मनीमा सरकारले कोरोना नियन्त्रणका लागि लागु गरेको प्रतिबन्धका विरुद्ध प्रदर्शन
जर्मनीमा सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै लागु गरेको प्रतिबन्धका विरुद्ध प्रदर्शन भएको छ।
सरकारले लगाएको मास्क लगाउने वा अनुहार ढाक्नुपर्ने नियम स्वतन्त्रता विरोधी रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीलाई प्रहरीले लकडाउनको नियम उल्लङ्घन नगर्न आग्रह गरे पनि प्रदर्शनकारीले प्रहरीमाथि नै ढुङ्गा प्रहार गरेका थिए । प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो ।
बर्लिनमा भएको प्रदर्शनमा सहभागी मध्यै ३०० जनालाई प्रहरीले पक्राउ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीमाथि ढुंगा तथा बोटहरु प्रहार गर्ने एकै र्यालीका २०० जना लाई प्रहरीले पक्राउ गरेको हो । अरुलाई विभिन्न स्थानका र्यालीबाट पक्रेको हो । कोरोना भाइरस मात्रै भ्रम रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा ३० हजारभन्दा धेरै मानिस सहभागी भएका थिए । जर्मनी पनि कोरोनाबाट अत्यन्तै प्रभावित देश हो ।
प्रदर्शनको क्रममा बर्लिनको ब्रेडनवर्ग गेटमा हजारौँ मानिसको भिड देखिएको बीबीसीले जनाएको छ । प्रदर्शनमा सहभागी केहीले मात्र मास्क लगाएका थिए ।
साथै उनीहरुले भौतिक दूरीको नियमसमेत पालना गरेका थिएनन् ।जर्मनमा अप्रिल महिनाबाट सामाजिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको थियो ।
तर पछिल्ला दिनमा संक्रमण बढ्दै गएपछि कडा नियम लागू भएको हो ।जर्मन चान्सलर एञ्जेला मर्केलले सार्वजनिक ठाउँमा मास्क नलगाउनेलाई ५० पाउन्ड जरिवानाको घोषणा गरेका छन् ।