Logo
६ आश्विन २०८१, आईतबार
(August 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युतीय खरिद प्रणालीमा समस्या, विभिन्न मितिका ठेक्काहरु तत्काल अघि नबढ्ने

विभिन्न ठेक्काका प्रक्रिया तत्कालका लागि स्थगित भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइटमा समस्या आएपछि कार्यालयले सूचना प्रकाशित गरि ठेक्का प्रक्रिया रोकिएको जनाएको हो।

कार्यालयले भदौ २४ देखि २८ गतेसम्म बोलपत्र तथा आशयपत्र खोलिएका ठेक्काहरुमा अर्को सूचना जारी नभएसम्मका लागि प्रक्रिया नै स्थगित गरेको छ। कार्यालयले वेबसाइटबाट डकुमेन्ट डाउनलोड हुन नसकेका कारण खरिद प्रक्रिया स्थगित गरेको दाबी गरेको छ।

साउन २४ देखि २८ गतेसम्म प्रणालीमा कागजात अपलोड गरेका तथा पेश गर्ने अन्तिम मिति बाँकी भएमा सार्वजनिक निकायहरुमा समेत पुनः सूचना प्रकाशित गर्न, पेश गर्ने तथा नयाँ मिति तय गर्न कार्यालयको सूचनामा भनिएको छ। त्यसका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले सहजीकरण गरिदिने उल्लेख छ।

साउन २४ देखि २८ सम्म विद्युतीय खरिद प्रणाली डकुमेन्ट अपलोड गरिसकेका बोलपत्रदाताहरुलाई भने पुनः कागजात अद्यावधिक गर्न कार्यालयले भनेको छ। सो अवधिमा बोलपत्र तथा आशयपत्र पेश गर्ने तयारी गरेका वा पेश गरिसकेका तर पेश गर्ने अन्तिम मिति बाँकी रहेकाहरुलाई संशोधनसहित पेश गर्न पुनः मौका दिने निर्णय कार्यालयले गरेको छ।

कार्यालयले देखाएको समस्याका कारण रेल, मेलम्ची खानेपानी आयोजना लगायतका थुप्रै ठेक्का प्रभावित भएका छन्। स्थगित गरिएको ठेक्कामा पूर्वपश्चिम विद्युतीय रेलको ठेक्कासमेत रहेको छ। काकडभिट्टा–इटरुवा खण्डको विद्युतीय रेल निर्माणको ठेक्का रेल विभागले असार तेस्रो साता निकालेको थियो। प्रक्रिया नै पुरा नगरि ठेक्का लगाइएको भन्दै विवादित बनेको छ।

प्रकाशित मिति: Aug 29, 2020

प्रतिक्रिया दिनुहोस्