नेकपाको सचिवालय बैठक स्थगित
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भोली शनिबार बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।
स्रोतका अनुसार सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि शनिबारको बैठक स्थगित गरिएको हो ।
कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ ।
त्यही कारण बैठक १८ गतेलाई सरेको छ । बैठकमा पार्टी विवाद समाधानका लागि बनेको कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।