रौतहट पुजारी हत्याको विरोधमा प्रदर्शन, राप्रविसंका १२ विद्यार्थी नेता प्रक्राउ
हनुमान मन्दिरका पुजारी हत्याको घटनाको सत्यतथ्य छनबिनसहित हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो
प्रदर्शनमा सहभागी संगठनका केन्द्रीय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लियर दरबारमार्गमा राखेको छ।
प्रदर्शनमा घटनाको सत्यतथ्य छानबिन गर, हत्यारालाई कार्बाही गर, हिन्दुत्व माथिको प्रहार बन्द गर, धर्म निरपेक्षता खारेज गर जस्ता नारा लगाईएको थियो ।
राप्रपा नेता राजाराम बर्तौलाका अनुसार प्रहरीले विद्यार्थी अध्यक्ष महेशबहादुर सिंह, वरिष्ठ उपाध्यक्ष निराजन बम, चेतराज सिंह, विमल ऐडी, महेश ओझा, बिजय शाही, आरके सिंह, किसान जोशी, राजकुमार थापा, राम धामी, नरेश मोर, निराजनसहित १२ विद्यार्थी नेता कार्यकर्ताहरूलाई पक्राउ गरी दरबारमार्ग प्रहरी चौकिमा राखिएको छ।
बर्तौलाले पक्राउ परेकाको तत्काल रिहाको माग गरेका छन्।