कोशी अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
प्रदेश नं १ को विराटनगरस्थित कोशी अस्पताल कोरोना उपचार केन्द्रमा उपचारका क्रममा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
स्वासप्रस्वासमा समस्या भएपछि बिहान ७ बजेबाट बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको प्रमुख डा. दिपक सिग्देलले जानकारी दिए ।
लहानकी ६५ वर्षीया महिलाको शुक्रबार बिहान १० बजेर ४५ मिनेटमा उपचारका क्रममा मृत्यु भएको कोभिड १९ उपचार केन्द्रका प्रमुख ले बताए ।
महिलाको शव ब्यवस्थापनको तयारी भइरहेको केन्द्रले जनाएको छ । बिहीबार राती करिब साढे १० बजे केन्द्रमा भर्ना गरिएकी बिरामीमा फोक्सोको रोग थियो।