Logo
१९ पुस २०८१, शुक्रबार
(August 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनमा परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य तोकियो

यतिबेला कोरोनाविरुद्धको खोप निर्माणमा धरै विकसित देश लागि परेको अवस्थामा चिनियाँ कम्पनी सिनोफार्मले आफूले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य तोकेको छ ।

उक्त कम्पनीले कोरोना विरुद्धको खोपको मूल्य एक सय ४० डलर अर्थात झण्डै १५ हजार रुपैयाँ तोकेको छ ।

परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिमसम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको बीबीसीले जनाएको छ ।

कम्पनीले एक महिनाअघि आफूले खोजी गरिरहेको खोपको परीक्षण अन्तिम चरणमा पुगेको र त्यसले उत्साहजनक काम गर्ने बताएको थियो ।

चीनमा भने कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रणमा लिएको छ भने विश्वमा फैलिँदै गएको संक्रमण नियन्त्रणका लागि खोप अनिवार्य सर्त हो ।

कोरोना भाइरसमा चीनमा देखिएर विश्वभर फैलिएको थियो भने अहिले चीन आफ्नो सबै शक्ति लगाएर खोप बनाउने प्रतिस्पर्धा जित्ने प्रयासमा छ ।

विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका छ वटामध्ये आधा खोप चिनियाँ हुन् । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोनाबाट अहिलेसम्म दुई करोड ४६ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने आठ लाख ३४ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।

एक करोड ७० लाखभन्दा धेरै उपचारपछि निको भएका छन् । अमेरिका, ब्राजिल र भारत सबैभन्दाबढी कोरोना संक्रमण र ज्यान गुमाउने देशमा पर्छन् ।

प्रकाशित मिति: Aug 28, 2020

प्रतिक्रिया दिनुहोस्