Logo
१९ कार्तिक २०८१, सोमबार
(August 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

प्रदेश नं १को धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापाका ८३ वर्षीय बृद्ध र मोरंगका ५६ वर्षीया महिला रहेकोप्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार बेलबारी – ५ मोरङ घर भएकी महिलाको शुक्रबार बिहान मृत्यु भएको हो।  कोभिड संक्रमण पुष्टि भएसँगै उपचारका लागि भर्ना गरिएकी महिलाको शुक्रबार विहान ३ बजेर १४ मिनेटमा मृत्यु भएको उनले जानकारी दिए।

उनमा गत भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।प्रवक्ता डा. निदेश सापकोटाका अनुसार विराटनगरस्थित कोशी अस्पतालबाट भदौ ९ गते प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएकी महिलाको मृत्यु भएको हो ।

प्रवक्ता सापकोटाका अनुसार कोशीबाट रिफर गर्ने क्रममा बिरामीमा अत्यधिक खोकी, स्वासप्रस्वासमा समस्या, ज्वरो देखिएको थियो।

त्यसैगरि, झापा दमक ३ घर भएका ८३ वर्षीय बृद्धको उपचारका क्रममा विहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको छ।

प्रतिष्ठानका अनुसार झापाको बीएण्डसी अस्पतालबाट अत्याधिक खोकी, स्वासप्रस्वासमा समस्या र ज्वरोसँगै अस्पताल आएका उनमा कोभिड संक्रमण पुष्टि भएपछि भदौ ३ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो।

बिरामीमा मिर्गौलाको समस्या र डाइलाइसेस गर्नु परेको र उच्च रक्तचाप, मधुमेह, अल्प रक्तकोषिकाको समस्या रहेको डा.सापकोटाले जानकारी दिए।

यससँगै प्रदेश १मा कोभिड संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: Aug 28, 2020

प्रतिक्रिया दिनुहोस्