२४ घण्टामा देशभर कोरोनाबाट थप ८ जनाको मृत्यु {विवरणसहित}
अहिलेको बर्तमान समयमा कोसोना प्रकोप नेपालमा पनि ह्वातै फैलिरहेको बेला कोरानाबाट ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढीरहेको अवस्थामा गएको २४ घण्टाभित्रमा देशभर ८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
योसँगै कुल कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
आज मृत्यु हुनेहरुमा पाँच महिला र तीन पुरुष छन् । मृतकमध्ये अधिकांश ६० वर्ष माथिका रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन्।
नेपालमा कोरोनाबाट मृत्यु हुने दर दिनहुँ बढ्दै गइरहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुने मध्ये १ सय ३८ पुरुष र ४५ महिला छन् । अहिलेसम्म कुल संक्रमितमध्ये ०.५२ प्रतिशतको मृत्यु भइसकेको छ ।
मृतकको विवरण
1. काठमाडौंका ४८ वर्षीय पुरुष । ११ भाद्रमा पुष्टि
2.ललितपुरकी ६५ वर्षीया महिला । ११ भाद्रमा पुष्टि
3.कास्कीकी ३२ वर्षीया महिला । ११ भाद्रमा पुष्टि
4. रुपन्दहीकी ७० वर्षीया महिला । ११ भाद्रमा पुष्टि
5. बाँकेकी ७० वर्षीया महिला । ११ भाद्रमा पुष्टि
6. कपिलवस्तुका ५० वर्षीय पुरुष । ११ भाद्रमा पुष्टि
7. बाराकी २३ वर्षीया महिला । ११ भाद्रमा पुष्टि
8.पर्साका ६२ वर्षीय पुरुष । ११ भाद्रमा पुष्टि