बुटवलमा उपचाररत तौलिहवाका ५० बर्षीय पुरुषको कोरोनाबाट मृत्यु
बुटवल स्थित लुम्बिनी प्रादेशिक विशेष कोरोना अस्पतालमा उपचारत तौलिहवाका ५० बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका-१ तौलिहवाका ५० वर्षीय पुरुषको बुधबार राति उपचारका क्रममै मृत्यु भएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।
उनका अनुसार बुधबार बेलुका ७ बजे स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएका ती संक्रमितको राति १० बजेर ५५ मिनेटमा मृत्यु भएको हो।
यही भदौ ५ गते संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पतासहितका समस्या थिए।