Logo
६ आश्विन २०८१, आईतबार
(August 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनासँगै मूल्यवृद्धि ! नागरिकलाई भान्सा चलाउनै कठिन

पछिल्लो समय कोरोना महामारी फैलिएसँगै नागरिकलाई भान्सा चलाउनै हम्मेहम्मे पर्न थालेको छ ।

आम्दानीको स्रोत बन्द भएको र बजारमा महँगीले सीमा नाघ्न थालेपछि नागरिकलाई सामान्य भान्सा चलाउन समेत हम्मेहम्मे पर्न लागेको हो ।

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्यमार्फत मूल्यवृद्धिको अधिकतम सीमा ६ प्रतिशत तोेकेको थियो । तर गत आर्थिक वर्षमा सरकारले तोकेको सीमाभन्दा मूल्य वृद्धि माथि पुगेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ अधिकांश क्षेत्रमा मूल्य वृद्धि भएको छ भने उपभोक्ता मुद्रास्फितिमा केहि कमी आएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा वाषिर्क औसत उपभोक्ता मुद्रास्फीति ६.१५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ४.६४ प्रतिशत रहेको थियो ।

गत आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि अत्यधिक भएको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष खाद्य तथा पेय पदार्थ समूहको वाषिर्क औसत मुद्रास्फीति ८.१६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ३.०९ प्रतिशत रहेको थियो ।

मूल्यवृद्धि सबै भन्दा धेरै काठमाडौं उपत्यकाको देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ६.९६ प्रतिशत, तराईमा ६.२९ प्रतिशत, पहाडमा ५.१० प्रतिशत र हिमालमा ४.९१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति क्रमशः ४.८६ प्रतिशत, ४.२६ प्रतिशत, ५.०० प्रतिशत र ४.९१ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति: Aug 25, 2020

प्रतिक्रिया दिनुहोस्