कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्न ओली-प्रचण्ड भेटवार्ता
नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता जारी रहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै भेटवार्ता सुरु भएको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वको कार्यदलले शनिबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो । उनीहरूबीच कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची तय भएको छ ।
त्यसलाई दुई अध्यक्षले आवश्यकताअनुसार परिमार्जन गरेर प्रस्तावको रूपमा सचिवालयमा लैजाने, सचिवालयले अनुमोदन गरेपछि स्थायी कमिटीमा पेस गर्ने कार्यसूची रहेको छ ।
आजको अध्यक्षद्वयको बैठकले सचिवालयको मिति तय गर्ने सम्भावना पनि रहेको स्रोतले जानकारी दियो ।स्थायी कमिटीको बैठक गत साउन १८ गतेदेखि अवरुद्ध रहँदै आएको छ ।