Logo
६ आश्विन २०८१, आईतबार
(August 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनताको सुरक्षामा खटिएका एक हजार बढि प्रहरीमा कोरोना संक्रमण

नेपाल प्रहरीमा कोरोना भाइरसको संक्रमणदर बढेको छ । नागरिकको प्रत्यक्ष सम्पर्कमा आउने प्रहरीहरु कोरोना भाइरबाट संक्रमित भएका हुन् ।

काठमाण्डु उपत्यकामा प्रहरीमा कोरोना संक्रमणदर उच्च छ । हालसम्म कोरोनाबाट एक हजार भन्दा बढी प्रहरी संक्रमित भएका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले सोमबारसम्म ११ सय ४२ जना प्रहरी कोरोनाबाट संक्रमित भएको जानकारी दिए । उनले ३ सय ९८ जना प्रहरी संक्रमण मुक्त भएको जानकारी दिए । उनले प्रहरी प्रधान कार्यालय, नक्सालमा २०१ जना प्रहरी संक्रमित रहेको जानकारी दिए ।

त्यस्तै प्रदेश नम्बर १ मा एक सय ५६, प्रदेश दुईमा १ सय २६, बागमती प्रदेशमा ५०, गण्डकी प्रदेशमा २८, प्रदेश नम्बर ५ मा ७९, कर्णलीमा १६ जना र सुदुरपश्चिम प्रदेशमा १२ जना संक्रमित प्रहरी उपचाररत रहेको जानकारी दिए ।

प्रकाशित मिति: Aug 24, 2020

प्रतिक्रिया दिनुहोस्