मैले मात्रै देउवालाई हराउन सक्छु : शशांक कोइराला
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आसन्न १४ औं महाधिवेशनमा आफूले शेरबहादुर देउवालाई पराजित गर्न सक्ने दाबी गरेका छन् ।
देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दाबी सभापतिमा रहेको उनले बताए । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने बताए ।
१४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएमात्रै देउवा पराजित हुने उनले बताए । पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दावी सभापतिमा रहने उनको भनाइ छ ।
महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दावी गरे । उनले भने, ‘‘मैले धेरैसँग परामर्श गर्दैछु । उनीहरु तपाईं नै उठ्नुप¥यो भन्नुहुन्छ ।
तर मैले धेरै साथीहरुका दावी छ भन्छु । रामचन्द्र दाइ, सिटौलाजी हुनुहुन्छ । प्रकाशमान छन् धेरे छन् सबै उठेर त भएन नि । हाम्रो लक्ष्य के हुुनुप¥यो । हामी सबै मिलेर एक जना उठ्नुप¥यो । त्यसका लागि आपसमा वार्ता हुनुप¥यो ।
वार्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ । व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुर जीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ ।
रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरु जो पनि कसैले पनि सक्दैन यो ग्यारेण्टीका साथ भन्न चाहान्छु म बाहेक शेरबहादुर जीलाई हराउने व्यक्ति छैन ।’’
महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशित सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरित गरिरहेको भन्दै उनले असन्तुष्टि समेत जनाए ।