कोशी अस्पतालमा उपचारत विराटनगरका ६५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु
प्रदेश नं १ स्थित कोशी अस्पतालमा उपचारत विराटनगरका ६५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
आइतबार राति करिब १० बजे विराटनगर-८ का ६५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिएका छन् ।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी नै कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गरिएको थियो ।
४ भदौमा स्वाब संकलन गरेका पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् ।
योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १० पुगेको छ ।