Logo
६ आश्विन २०८१, आईतबार
(August 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यकामा १६६ सहित ८१८ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आइतबार १६६ जनासहित ८१८ जना कोरोना संक्रमित थपिएका छन्। नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ९३५ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

हाल १३ हजार १५५ जना सक्रिय संक्रमित छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेनमा छन्। आइतबार ३ हजार ९४३ होम आइसेलनमा छन्।

प्रकाशित मिति: Aug 23, 2020

प्रतिक्रिया दिनुहोस्