सरकारद्वारा प्रतिबन्धित विप्लव माओवादी समूहका नेताहरु जसपामा प्रवेश
सरकारद्वारा प्रतिबन्धित विप्लव समूहका तत्कालीन सैन्य कमाण्डर जीवन लामा (जमी) को समूह जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित बरिष्ठ नेताहरु अशोक राई, बाबुराम भट्टराई, राजेन्द्र महतो लगायतका नेताहरु ले उनलाई सयुंक्त रुपमा प्रवेश गराएको हो ।
लामासँगै प्रल्हाद फुयाँल, गोपाल जिम्बासहितका ८८ जना नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् । शान्तिपूर्ण राजनीतिमा आएका नेताहरुलाई पार्टी प्रवेश गराइएको जसपाका अध्यक्षद्वय ठाकुर र यादवद्वारा जारी विज्ञप्ति उल्लेख छ ।