Logo
२० कार्तिक २०८१, मंगलबार
(August 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब सुरक्षकर्मी र स्वास्थ्यकर्मीमा संक्रमण बढ्दो : प्रसूतिगृहका २ चिकित्सकसहित ८ संक्रमित

पछिल्लो समय सुरक्षकर्मी र स्वास्थ्यकर्मीमा संक्रमण बढ्दो रुपमा देखिएको छ । फ्रन्टलाईनमा खटिने भएकाले पछिल्लो समय सञ्चारकर्मीमा पनि उतिकै मात्रामा संक्रमण दढ्दो रुपमा देखिएको छ ।

देशभर ४० भन्दा बढी जिल्लामा निषेधाज्ञा कार्यान्वयन गराउन खटिएका नेपाल प्रहरीमा पछिल्लो १८ दिनमा कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेको हो  ।

संक्रमण हुने प्रहरीको संख्या १ सय ५९ बाट ५ सय ८३ पुगेको छ । यो आँकडाअनुसार औसतमा प्रत्येक दिन २३ प्रहरी कोरोना संक्रमित भइरहेका छन् । तीव्र संक्रमणबीच प्रहरीको ड्युटी समय पनि बढेको छ ।

यसैबीच थापाथलीमा रहेको परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालका दुई चिकित्सक सहित ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमण हुनेमा नर्स र कार्यलय सहयोगी रहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार संक्रमित सबैलाई आइसोलेशनमा राखिएको छ।

प्रकाशित मिति: Aug 23, 2020

प्रतिक्रिया दिनुहोस्