काठमाण्डौमा एकबिहानै निषेधाज्ञा अवज्ञा गर्ने १ सय ४७ गाडीलाई कारबाही
काठमाण्डौ उपत्यकामा निषेधाज्ञा अवज्ञा गर्ने १ सय ४७ वटा गाडीलाई होल्ड गरि एक बिहानै कारबाही गरेको छ ।
निषेधाज्ञा पालना नगर्ने दुईपाङ्ग्रे १ सय ३६ र चारपाङ्ग्रे ११ वटा गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
निषेधाज्ञा उल्लङ्घनको घटना बढेमा स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। हिजो होल्ड गरिएका ७३५ वटा गाडीलाई राति ८ बजे छाडिएको थियो ।
भिडभाड कम गर्न अति आवश्यक खाद्यान्न, फलफूल तथा दूध डेरीलगायतका पसल बिहान ७ बजेसम्म मात्रै सञ्चालन गर्ने भने पनि आवश्यकताअनुसार ९ बजेसम्म खुल्ने गरेका छन् ।
काठमाण्डौ, भक्तपुर र ललितपुरमा सङ्क्रमणको दर बढेपछि प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णय अनुसार उपत्यकामा बिहीबारदेखि १० गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ।