Logo
६ आश्विन २०८१, आईतबार
(August 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले तत्काल सरकार छाड्न नपर्ने, कार्यदलले बुझायो प्रतिवेदन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार गरेको प्रतिवेदन शनिबार अध्यक्षद्वयलाई बुझाइएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओेलीका प्रेस संयोजक सूर्य थापाले कार्यदलले प्रतिवेदन बुझाएको बताए ।

शनिबार झण्डै आठ घण्टा बैठक बसेर अन्तिम रुप दिइएको प्रतिवेदन कार्यदलले शनिबारै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा हस्तान्तरण गरेको हो ।

गत साउन ३० गते नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा नेताहरु भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र पम्फा भु्साल सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

प्रतिवेदनमा गरिएको कार्यविभाजन अनुसार केपी ओलीले पुरै ५ वर्ष सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने उल्लेख छ ।

प्रकाशित मिति: Aug 22, 2020

प्रतिक्रिया दिनुहोस्