वीरगञ्जमा कोरोनाबाट ७४ वर्षीय पुरुषको मृत्यु
काठमाण्डौ : वीरगञ्जमा कोरोनाबाट ७४ वर्षीय पुरुषको मृत्यु भएको छ।
वीरगञ्ज-१५ का ७४ वर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको जिला प्रशासन कार्यालय पर्साले जनाएको छ।
उनको उपचारको क्रममा बिहीबार साँझ पौने ७ बजे नारायणी कोभिड १९ वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको हो।
ज्वरो र खोकीले ग्रसित ती पुरुषको बुधबार स्वाब संकलन गरि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो।