Logo
२० कार्तिक २०८१, मंगलबार
(August 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर कोरोनाबाट ६ जनाको ज्यान गयो, कुल मृतक संख्या १२६ पुग्यो

आज देशभर छ जनाको संक्रमणबाट मृत्यु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल मृत्यु हुनेको संख्या एक सय २६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज चार पुरुष र दुई महिलाको संक्रमणबाट मृत्यु भएको जानकारी दिएको हो ।

मृत्यु हुनेहरुमा काठमाडौं र पर्साकाका एक एक महिला, मकवानपुर र सप्तरीका एक एक पुरुष र पर्साका दुई पुरुष छन् ।

आज थपिएका मृतकसहित देशमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ९६ पुरुष र ३० महिला छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।

मृतकको विवरण
१. काठमाडौंकी महिला । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
२. मकवानपुरका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
३. सप्तरीका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
४. पर्साकी महिला । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
५. पर्साका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको
६. पर्साका पुरुष । ४ भाद्रमा स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको

प्रकाशित मिति: Aug 20, 2020

प्रतिक्रिया दिनुहोस्