Logo
१८ पुस २०८१, बिहीबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुवेतले आप्रवासी श्रमिक भिसाको अवधि अगष्ट ३१ पछि नथप्ने

कुवेतको आन्तरिक मन्त्रालयले भिसाको अवधि सकिएका आप्रवासी श्रमिकको भिसाको म्याद अगष्ट ३१ भन्दा पछि नथप्ने बताएको छ ।

कुवेतको आन्तरिक मन्त्रालयले यसअघि कोरोना महामारीका कारण भिसाको म्याद थप गरे पनि अब भने अगष्ट ३१ पछि नथप्ने बताएको खबर गल्फ न्युजले लेखेको छ ।

यसअघि कुवेतले भिसाको म्याद सकिएको आप्रवासीको भिसा अवधि स्वतः नवीकरण गरेको थियो । तर त्यो समय अगष्ट ३१ देखि सकिंदैछ ।

यो निर्णयबाट ४ लाख ५ हजार आप्रवासी श्रमिकले फाइदा लिएका कुवेतले जनाएको छ । यस्तै झण्डै २ लाख ६० हजार श्रमिकले आन्तरिक मन्त्रालयको वेवसाइटबाट भिसा नवीकरण गरेका छन् ।

तर पनि झण्डै १ लाख ४५ हजार आप्रवासी श्रमिकले यस अवसरको फाइदा नउठाएको कुवेतको अनुमान छ ।उनीहरुलाई आन्तरिक मन्त्रालयको वेवसाइटबाट जतिसक्दो छिटो भिसा नवीकरणका लागि निवेदन दिन अनुरोध गरिएको छ ।

भिसा नवीकरण नगरेमा उनीहरु बसोबासको नियम उल्लङ्घन गर्नेमा गनिने र कानुनी झन्झटसँगै जरिवाना समेत हुनेछ । तर यो अवधिमा स्वदेश नफर्किएमा उनीहरुलाई जरिवाना हुनेछ भने कुवेतले कालोसूचीमा राख्नेछ । कालोसूचीमा परेकाहरु फेरि कुवेत जान पाउने छैनन् ।

भिजिट भिसामा, पारिवारिक भिसा लगायतका भिसामा कुवेत गएकाहरु पनि अगष्ट ३१ सम्ममा आफ्नो देश फर्कन सक्ने र यो अवधिमा फर्कंदा कुनै जरिवाना नलाग्ने कुवेतले जनाएको छ ।

 

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्