Logo
१८ पुस २०८१, बिहीबार
(August 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर बदली हुनुका साथै अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना

भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको प्रवाभले गर्दा आज मौसममा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित बर्षाहुने सम्भावना रहेको छ ।

देशभर बुधबारको मौसममा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्।

बुधबार राति पनि देशभर सामान्यतया बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको छ।

 

प्रकाशित मिति: Aug 19, 2020

प्रतिक्रिया दिनुहोस्