Logo
२० कार्तिक २०८१, मंगलबार
(August 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ सय १ वर्षको उमेरमा राष्ट्रकवि माधव घिमिरेको निधन

राष्ट्रकवि माधव घिमिरेको निधन भएको छ । नेपाल सरकारको मुखपत्र गोरखापत्रको अनलाईन पोर्टलमा उक्त समाचार उल्लेख गरिएको छ ।

बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो। घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०० वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ ।

घिमिरेको १०१ वर्षका उमेरमा मंगलबार साँझ निधन भएको छ। परिवारको एक सदस्यका अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेट उनकै लैनचौरस्थित निवासमा निधन भएको हो।

उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए। विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मनुभएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हुन् ।

राष्ट्रकविको जन्मोत्सवको पूर्व सन्ध्यामा सोमबार ‘राष्ट्रकवि एक सय एक कविको आँखामा’ को लोकार्पण गरिएको थियो ।

राष्ट्रकवि घिमिरको १०१औँ जन्मोत्सवको अवसरमा एक सय एक कविद्वारा उनको व्यक्तित्व र कृतित्वका बारेमा लेखिएको कविता सङ्ग्रहको नेपाल-प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतिले लोकार्पण गरेका थिए।

 

 

प्रकाशित मिति: Aug 18, 2020

प्रतिक्रिया दिनुहोस्