कोरोनाबाट नेपालगञ्जका ६२ वर्षीय पुरुषको मृत्यु
प्रदेश नं ५ स्थित बाँकेमा कोरोनाबाट थप एक ६२ वर्षीय पुरुषको मृत्यु भएको छ।
सोमबार राति ११ः३० बजे नेपालगञ्ज-५ का ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार, साउन ३० गतेदेखि उनमा कोरोनाको लक्षण देखिएको थियो। ३२ गते नेपालगञ्ज मेडिकल कलेज भर्ना भएका थिए। त्यही दिन अस्पतालले स्वाव लिएर परीक्षण गर्न पठाएको थियो।
भदौ १ गते दिउँसो कोरोना पोजिटिभको रिपोर्ट आएको थियो । ती व्यक्तिको राती ११ः ३० बजे मृत्यु भएको हो।
बाँकेमा यसअघि नरैनापुर, बैजनाथ, कोहलपुरका व्यक्तिको कोरोनाबाट मृत्यु भइसकेको छ।