Logo
६ आश्विन २०८१, आईतबार
(August 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

११३ कोरोना संक्रमित आईसीयूमा, सबैभन्दा बढी बागमती प्रदेशमा

कोरोना संक्रमणको जटिल समस्या देखिएका ११३ जना संक्रमित आईसीयूमा उपचाररत रहेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सातै प्रदेशमा ११३ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत रहेको जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित आईसीयूमा बागमती प्रदेशमा रहेका छन् । जसमा ५९ जना संक्रमित आईसीयुमा र ६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

यसैगरी प्रदेश १ मा एक जना, प्रदेश २ मा ४१ जना, गण्डकी प्रदेशमा एक जना, प्रदेश ५ मा ११ जना कोरोना संक्रमित आईसीयूमा उपचाररत रहेका उनले बताए ।

यसैगरी होम आइसोलेनमा दुई हजार ६०१ संक्रमित रहेका छन् भने संस्थागत आइसोलेनमा सात हजार ३८ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Aug 17, 2020

प्रतिक्रिया दिनुहोस्