Logo
६ आश्विन २०८१, आईतबार
(August 17, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोनाबाट निको भएकी नर्सलाई फेरि संक्रमण

गत जेठ महिनामा कोरोना संक्रमणमुक्त भएकी कपिलवस्तुकी नर्सलाई फेरि संक्रमण दोहोरिएको छ।

कपिलवस्तु जिल्ला अस्पताल तौलिहवामा कार्यरत एक नर्सलाई गत जेठ महिनामा कोरोना संक्रमण पुष्टि भएको थियो। अस्पतालमा उपचारपछि उनी संक्रमणमुक्त भएकी थिइन्।

जेठ महिनामा पनि उनलाई कोरोनाको कुनै लक्षण नदेखिएकोमा अहिले संक्रमण दोहोरिँदा पनि लक्षण नभएको अस्पतालले जनाएको छ। नेपालमा यसअघि पनि संक्रमणमुक्त भएका व्यक्तिलाई संक्रमण दोहोरिएको थियो।

यसै साता जिल्ला अस्पताल कपिलवस्तुका ३ जना चिकित्सकसहित १८ जनामा कोरोना संक्रमण देखिएकोमा एक जना तिनै नर्स रहेको अस्पतालले जनाएको छ।

पछिल्लो समय कपिलवस्तुमा समुदायस्तरमा कोरोना फैलिएपछि गत साउन २७ गतेदेखि भदौ ७ गतेसम्म जिल्लामा पुन लकडाउन गरिएको छ।

कोरोना भाइरसको संक्रमणबाट कपिलवस्तुका २ जना पुरुषको मृत्यु भएपछि जिल्ला प्रशासनले तेस्रो पटक लकडाउन थप गरेको हो।

प्रकाशित मिति: Aug 17, 2020

प्रतिक्रिया दिनुहोस्