Logo
२० कार्तिक २०८१, मंगलबार
(August 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बीपी प्रतिष्ठानमा विराटनगरकी ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु

प्रदेश १ स्थित धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत विराटनगरकी ५० वर्षीय महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

विराटनगर २, तीनपैनीकी ५० वर्षीय महिलालाई न्युरो अस्पताल विराटनगरले रेफर गरी धरान पठाएको थियो ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले उपचारका क्रममा उनको गएराति निधन भएको जानकारी दिएका छन् ।

महिलामा पाँच दिनदेखि अत्यधिक ज्वारो, खोकी र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।महिलामा थाइराइड रोग र फोक्सोको पनि समस्या थियो ।

उनको मुटुसम्बन्धी रोगको यसअघि भारतको नयाँदिल्लीमा उपचार भएको बताइएको छ ।

प्रकाशित मिति: Aug 16, 2020

प्रतिक्रिया दिनुहोस्