Logo
२० कार्तिक २०८१, मंगलबार
(August 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको सख्या ७ लाख ६८ हजार ६०३ जना पुग्यो

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार आज आईतबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ७ लाख ६८ हजार ६०३जना पुगेको छ ।

विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड १६ लाख नाघेको छ भने १ करोड ४३ लाख २१ हजार ८४४ जनाले कोरोना जितेका छन् ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा मात्र एक लाख ७२ हजार ६ सय ६ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख सात हजार दुई सय ९७ , भारतमा ५० हजार ८४ जनाले कोरोनाका कारण गुमाईसकेका छन् ।

तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको ग्राफ बढ्दै गएको छ ।आजसम्म मेक्सिकोमा ५६ हजार पाँच सय ४३ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै ६ सय ३५ जनाले ज्यान गुमाएको तथ्याङकले देखाएको छ ।नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट १ सय २ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म कोरोना संक्रमितको संख्या २६ हजार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको भने हालसम्म १७ हजार दुई सय एक जनाले कोरोना जितेका छन

 

प्रकाशित मिति: Aug 16, 2020

प्रतिक्रिया दिनुहोस्