Logo
२० कार्तिक २०८१, मंगलबार
(August 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहित चार डाक्टरमा कोरोना पुष्टि

काठमाण्डौ : चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहित चार डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा कार्यरत चिकित्सकले दिएको जानकारी अनुसार अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। श्रीराम तिवारीसहित चार चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति आएको रिपोर्ट अनुसार डा। तिवारीसहित स्त्रीरोग विशेषज्ञ एकजना, आकश्मिक कक्षमा कार्यरत एकजना र अर्का एक आवासीय डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित डाक्टरहरु अहिले आइसोलेशनमा छन्। यसअघि भरतपुर अस्पतालका अर्का एक डाक्टरमा पनि कोरोना संक्रमण भएको थियो । भरतपुरको प्रयोगशालामा शनिबार भएको परीक्षणमा कुल २८ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति: Aug 16, 2020

प्रतिक्रिया दिनुहोस्