उपत्यकामा ९८ संक्रमित थपिए, काठमाडौंका ८० जना
शनिबार उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांकअनुसार काठमाडौंमा ८० ललितपुर र भक्तपुरका ९/९ जनामा कोरोना संक्रमण देखिएको छ ।
कुन ल्याबमा कति ?
बिध ल्याबमा काठमाडौंका १० र ललितपुरका १
वीर अस्पतालमा भक्तपुरका १ र काठमाडौंका ३
बिएन्डबी अस्पतालमा ललितपुरका १
नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका ८ र काठमाडौंका ४
नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २४
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका २४
वीरेन्द्र अस्पतालमा काठमाडौंका ३
सूर्य हेल्थ केयरमा काठमाडौंका २
स्टार अस्पतालमा काठमाडौंका १० र ललितपुरका ७