Logo
२६ कार्तिक २०८१, सोमबार
(August 14, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना बढेपछि तरकारी किन्न डराए उपभोक्ता, काठमाडौंमा भाउसँगै खपत घट्यो

कतै तरकारीबाट कोरोना सर्ने त होइन भन्ने डरमा यतिबेला काठमाडौंबासी देखिएका छन् । त्रासका कारण तरकारी किन्न जाने उपभोक्ताको संख्या घटेको छ भने माग कम भएपछि तरकारीको भाउमा समेत गिरावट आएको छ ।

दुई साताको अन्तरालमा ८२ प्रतिशतसम्म मूल्य घटेको व्यवसायी तथा उपभोक्ताले बताएका छन् ।

साउन १६ गते घिरौलाको प्रतिकिलो थोक मूल्य ९८ रुपैयाँ थियो । यसमा अहिले ८२ प्रतिशतले कमि आएर साउन २९ मा १८ रुपैयाँ प्रतिकिलोमा झरेको छ । यस्तै तीन सय ६० रुपैयाँ प्रतिकिलोको हरियो धनिया ७३ प्रतिशतले सस्तिएर ९५ रुपैयाँ प्रतिकिलो कायम भएको छ । यस अवधिमा तिते करेला, गाजर, तने बोडी, टनेल तथा सानो गोलभेडाको मूल्यमा पनि उच्च गिरावट आएको बजार विकास समितिले जनाएको छ ।

भारतीय रातो आलुमा दुई प्रतिशत र टनेल गोलभेडामा ४५ र सानो गोलभेडामा ३३ प्रतिशतको मूल्य गिरावट भएको व्यवसायी गीता आचार्यले बताए । घिउसीमी, तितेकरेला, भण्टा, प्याजको लगायत तरकारीको भाउ घट्दा मुडेको रातो आलु, हरियो र अकबरे खुर्सानीको मूल्य भने थोकमा बढेको छ । यस अवधिमा स्थानीय रातो आलु, मुला, हाईब्रीड घिउसीमी र च्याउका उत्पादनको मूल्य भने स्थिर छ ।

थोकमै सस्तो भएपछि खुद्रामा पनि तरकारीको भाउ सस्तो हुने काली तरकारी बजार विकास समितिका सूचना अधिकारी बिनय श्रेष्ठ बताउँछन् । भाउ आकाशिँदा बजारमा तरकारीको किनबेच नै कम भएको उनको भनाइ छ ।

‘बिक्री कम भएपछि मूल्य त स्वभाविकरुपमा घट्ने नै भयो,’ श्रेष्ठले भने ।

पहिले बाढी र पहिरोका कारण बाटो अवरुद्ध हुँदा प्रभावित भएको तरकारीको आयात पुनः सूचारु हुँदा बजार सस्तिएको उनको भनाई छ ।

प्रकाशित मिति: Aug 14, 2020

प्रतिक्रिया दिनुहोस्