Logo
६ आश्विन २०८१, आईतबार
(August 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सीमा समस्या समाधान गर्न परराष्ट्रले कुटनीतिक पहल थाल्नुपर्छः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल भारत सीमा समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयले कुटनीतिक माध्यमबाट पहल थाल्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै गृहमन्त्री थापाले छिमेकीहरुको अतिक्रमणकारी नीतिका कारण दुई देशबीचको सीमा समस्या उत्पनन् भएको भन्दै कुटनीतिक पहल थालिनुपर्ने बताएका हुन् ।

‘सीमामा रहेका पिलरहरु उखेलेर फालिदिने, नेपाल भित्र गाडिदिने प्रवृत्तिले सीमामा समस्या आएको हो । यो प्रवृति नहट्दासम्म सीमा समस्या रहिरहन्छ,’ उनले भने ।

यस्तै नेपालको भूभाग र सीमा रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले विशेष ध्यान दिने समेत उनले बताए । सीमा सुरक्षाका लागि गृह मन्त्रालयले सीमा सुरक्षा सम्बन्धी विशेष योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्ने चरणमा रहेको थापाले बताए ।

सीमा नक्सा निर्धारण गर्ने सिद्धान्तमा नदीलाई आधार मान्ने प्रचलनका कारण पनि सीमामा धेरै समस्या आएको गृहमन्त्री थापाको भनाई छ । उनले नदीले धार परिवर्तन गर्दा सीमा समेत परिवर्तन हुने गरेको बताए ।

प्रकाशित मिति: Aug 12, 2020

प्रतिक्रिया दिनुहोस्