काठमाडौंमा १३८ जनासहित थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा १३८ जनासहित नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको मन्त्रालयले बताएको छ । नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।