अब श्रम गर्न भारतीय मजदुर नेपाल आउन नपाइने
संघीय सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाएको छ । कोरोना जोखिमकै बेलामा सीमा क्षेत्रमा मानवीय आवाजावत बढ्दा संक्रमण फैलिएकाले यस्तो निर्णय गरिएको प्रवक्ता डा. युवराज खतिवडाले बताएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. खतिवडाले जानकारी दिएका हुन् ।
भारतसँग सीमा जोडिएको जिल्लामा बढ्दो आवाजावतले जोखिम बढेको सरकारको दाबी छ ।