Logo
२७ पुस २०८१, शनिबार
(August 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर श्रीकृष्ण जन्माष्टमी पूजा-आराधना गरी मनाइँदै

आज हिन्दु धर्मावलम्वीले मनाउने कृष्ण जन्माष्टमीपरेको छ । हरेक बर्ष यो पर्व भाद्र कृष्ण अष्टमीका दिन मनाइने गर्दछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी मनाउने गरिएको हो ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ ।

आज व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभरि जाग्राम बसेर श्रीकृष्णको भजन गाउने गरिन्छ ।

आज ललितपुर पाटनको मंगलबजारमा रहेको कृष्ण मन्दिर, काठमाण्डौको गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठमा रहेको कृष्ण मन्दिरमा र देशभरका अरु कृष्ण मन्दिरमा भव्य रुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ ।

तर कोरोना संक्रमणका कारण आज यी मन्दिर सर्वसाधारणका लागि खोलिएको छैन ।

प्रकाशित मिति: Aug 11, 2020

प्रतिक्रिया दिनुहोस्