कोरोनाबाट पाटन अस्पतालमा उपचाररत पुरुषको मृत्यु
काठमाण्डौ : वीरगन्ज घरका भई पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
स्टार अस्पतालका निर्देशक डा. विष्णु शर्माले गएराति उपचारका क्रममा संक्रमित पुरुषको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार वीरगन्ज घरका भएका पुरुषमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो । साउन १७ गते सानेपामा कोरोना पुष्टि भएपछि सोही दिन पाटन अस्पतालमा रिफर भएका थिए ।