काठमाडौं स्थित चुच्चेपाटीमा एसिड आक्रमण, आमाछोरी घाइते
देशको संघीय राजधानी काठमाडौं स्थित चुच्चेपाटीमा स्थित दुई जनामाथी एसिड आक्रमण भएको छ
प्रहरीका अनुसार एक ब्यक्तिले आफ्नै श्रीमती र छोरीमाथि एसिड भन्दै तारपिनको तेल प्रहार गरेका हुन् ।
मदिरा सेवन गरेर आफ्नै श्रीमती र छोरीमाथि तारपिनको तेल प्रहार गरेको महानगरीय प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।
एसिड भन्दै तारपिनको तेल प्रहार गर्ने उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको विषयमा छानबिन भइरहेको जनाइएको छ ।