Logo
२१ कार्तिक २०८१, बुधबार
(August 6, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सरकार तत्काल लकडाउन गर्ने मनस्थितीमा छैन : मन्त्री खतिवडा

सरकारले संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासनहरुबाटै लकडाउन गर्नसक्ने बताएको छ ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले सरकार तत्काल लकडाउन गर्ने मनस्थितीमा नरहेको जानकारी दिएका हुन् ।

उनले संक्रमणको जोखिम हेरेर ठाउँ-ठाउँमा लकडाउन गर्न सकिने भन्दै चैत ११ गते जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने बताए ।

‘अहिले पनि दुई दर्जन बढी स्थानीय तहहरूमा लकडाउन गरिएको छ । संक्रमणको जोखिम हेरेर जिल्ला प्रशासनहरूले लकडाउन गर्नसक्छ तर पहिले जस्तो देशभर लकडाउन गर्ने कुरा तत्काल छैन,’ उनले भने ।

सरकारले कोरोना संक्रमणको जोखिम फेरि बढेको भन्दै उपत्यकामा बिहीबारदेखि अत्यावश्यक सेवाबाहेकका सवारीमा जोर/बिजोर प्रणाली लागू गरेको छ ।

 

प्रकाशित मिति: Aug 6, 2020

प्रतिक्रिया दिनुहोस्