प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ ।
दाहालको निवास खुमलटारमा निवासको सुरक्षामा रहेका ६ जना नेपाल नेपाल प्रहरीमा कोरोना पोजेटिभ देखिएको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी गराए ।
“हिजो पीसीआर टेष्ट भएको थियो । आज रिपोर्ट आयो । अध्यक्षसँगै हिँड्ने सुरक्षाकर्मीमा कोरोना देखिएन । बाहिर पोष्टमा बस्ने ६ जनामा देखियो । हेडक्वाटरसँग समन्वय गरेर उहाँहरुलाई आइसोलेसनमा पठाइएको छ,” उनले भने ।
दाहालको निवासमा रहेका सबैजनाको हिजो कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ६ जनामा पोजेटिभ देखिएको हो ।